सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा शिवनाथ पाण्डे नियुक्त

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा शिवनाथ पाण्डे नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा शिवनाथ पाण्डे नियुक्त भएका छन् ।

साविक सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकआपसमा गाभिएपश्चात् बनेको ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ कम्पनीको सिइओमा पाण्डे नियुक्त भएका हुन् ।

कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम नेपाल बीमा प्राधिकरणबाट चैत १२ गते बीमा ऐन २०७९ को दफा ५७ तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को निर्देशन २८ बमोजिम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वीकृति प्राप्त भई चैत १३ गते कम्पनीको सिइओ पदमा पाण्डेलाई नियुक्त गरेको हो ।