मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्छः नेता खनाल

मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्छः नेता खनाल


बैंकिङ समाचार, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौं आएका मिटरब्याजी पीडितलाई भेटेर खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् ।

मिटरब्याजी पीडितमाथि अन्याय भएको उल्लेख गर्दै मिटरब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गनुपर्ने खनालले बताएका छन् । 
मिटरब्याजीले समाजमा गरिब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने खनालको भनाई छ ।