चैत २३ गतेदेखि आइपिओ निष्कासन गर्दै रावा इनर्जी, कसले दिन पाउँछन् आवेदन ?

चैत २३ गतेदेखि आइपिओ निष्कासन गर्दै रावा इनर्जी, कसले दिन पाउँछन् आवेदन ?


बैंकिङ समाचार, काठमाडौं । 

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। 

सो आइपिओमा खोटाङ जिल्ला केपीलासगडी गा।पा। ९साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा।वि।स।० का सम्पूर्ण वडा बासिन्दाहरूले आवेदन दिन सक्ने कम्पनीले बताएको छ।

यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको सेयरको १० प्रतिशत अर्थात् ५६ लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ५६ हजार कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। 

यस्तै, अधिकतममा स्थानीय बासिन्दाहरूले १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ।

उक्त आइपिओमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्। 

कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङु प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्छन्।