निक्षेप अनुपात लागू नगरेको भए बैंकहरु टाट पल्टिसक्थेः गर्भनर अधिकारी 

निक्षेप अनुपात लागू नगरेको भए बैंकहरु टाट पल्टिसक्थेः गर्भनर अधिकारी 


बैंकिङ समाचार,काठमाडौं ।

कर्जा सीडी रेसियो (निक्षेप अनुपात) लागू नगरेको भए बैंक टाट पल्टिसक्ने नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् ।

मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले गरेको देशको वर्तमान आर्थिक अवस्थाको बारे छलफलमा गर्भनर अधिकारीले नेपालमा सीडी रेसिया लागू नभएको भए अमेरिकामा भन्दा पनि पहिला नेपालका बैंक संकटमा पर्ने बताएका हुन् ।
‘सीडी रेसियो लागू गरेर समस्या पर्यो भन्छन् । सीडी रेसियो लागू नगरेको भए नेपालका बैंकहरु अमेरिकाको बैंकभन्दा पहिले टाट पल्टिसक्थे । हामी नै अगाडी हुन्थ्यौं ।’ उनले भने ।

उनले राष्ट्र बैंकको नियमन कडा भएका कारण आफुले धेरै गाली खाने गरेको गुनासो गरेका छन् । 

गर्भनर अधिकारीले लघुवित्तहरुले आफ्नै मूल्य मान्यता अनुसार जीवनस्तर उकास्न सहयोग गरिरहेको बताएका छन् । उनले नेपालको विपन्न परिवकारको जीवनस्तर उकास्नको लागि लघुवित्तको राम्रो भुमिका खेलिरहेको र लघुवित्तका कारण जीवनस्तर उकासिएको उदाहरण भएको बताए । विपन्न परिवारको जीवनस्तर उकास्नको लागि लघुवित्तहरुले आफ्नै मूल्य मान्यता अनुसार काम गरिरहेको बताएका छन् ।