‘नियो बैंक र ओपन बैंकको अवधारणा कार्यान्वयन गर्न डिजिटल साक्षरता बढाउनुपर्छ’


ओपन बैंकिङ्ग र नियो बैंकिङ्ग शब्द मात्रै नभएर नयाँ अवधारणा पनि हो । सरकारले गत जेठ १५ गने मात्रै वित्त नीतिमा आर्थिक वर्ष २०८२/८३ मा नियो बैंक निर्माण गर्ने भनेर एउटा सोच बनाएको छ । हाल ओपन बैंकको अवधारणाका विषय पनि बेलायत, ब्राजिल जस्ता देशहरूमा द्रुत गतिमा अघि बढिरहेको समयमा नेपालको सन्दर्भमा हामीले यसरी शीर्षक छनोट गरेर बृहत् फोरममा छलफल गर्ने अवसर जुटेको छ । 

नियो बैंक नेपालमा भर्खरै आएको विषय हो । यसको बारेमा आज हामी सुरुको चरणमा छलफल गर्दैछौँ । ओपन र नियो बैंक के हो, देशको रूपान्तरणमा यसको भूमिका के हुन्छ भनेर छलफल गर्दै गर्दा जुन हिसाबले अन्य देशमा आइरहेको छ । यो त्यति सहज विषय भने थिएन । ओपन बैंकिङ्ग परिभाषा पनि गाह्रो र बैंकिङ्ग क्षेत्रका लागि पेचिलो विषय हो । २०१८ मा बेलायतले ‘कर्पोरेट मार्केट अथोरिटि’ ले एक निर्देशनमार्फत ९ वटा बैंकहरुलाई ओपन बैंकमा जान निर्देशन दिए पनि मात्रै ती बैंकहरुले ओपन बैंक प्रवेश गरेका थिए । यो अवधारणाको विस्तार पनि हुँदै आइरहेको अवस्था छ । यो अवधारणालाई युरोपेली मुलुकहरूले अँगाल्दै गइरहेको अवस्था पनि छ । अमेरिका, क्यानडाजस्ता देशहरूमा भने यसको नीति निर्देशनहरू निर्माण हुन सकेको छैन । रसिया र चीन जस्ता देशहरूमा डेटा संकलनका विषय उठिरहेको छ । 

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने डिजिटलमा चासो राख्ने युवाहरू बिदेसिनेक्रम छ । यस्तो समयमा हाल हामीले सिकाइरहेको वित्तीय साक्षरताको विषय डिजिटल साक्षरतातर्फ अघि बढ्नुपर्नेछ । नियो बैंक र ओपन बैंकको अवधारणालाई पुरा रुपमा कार्यान्वयन गर्न डिजिटल साक्षरता बढाउनुपर्नेछ । डिजिटल भुक्तानीमा आएको परिवर्तनको कुरा गर्दै गर्दा काठमाडौंमा क्युआर भुक्तानी गरेको देखिएपनि यसलाई मात्र हेरेर नेपालको हरेक ठाउँमा क्यूआर भुक्तानी गरेको छ भन्न सकिँदैन । पछिल्लो जनगणना हेर्यौ भने ६२ प्रतिशतको मात्रै बैंक खाता छ । 

३८/३९ प्रतिशतको बैंक खाता समेत नभएको अवस्था छ । पछिल्लो जनगणनाले ३८ प्रतिशतमा मात्रै इन्टरनेटको सुविधामा पुगेकाे देखाएकाे छ । बाँकीमा इन्टरनेटको सुविधा छैन । नेपाल एउटा यस्तो देश हो जहाँ ३ करोड जनसंख्या छ । त्यसमध्ये १ प्रतिशत भनेको ३ लाखले मात्रै क्रेडिट कार्ड बोकेका छन् । जबकि अमेरिकातिर जनसंख्याको ८५/८६ प्रतिशतले क्रेडिट कार्ड प्रयोग गर्ने गरेका छन् । यो डेटाबाट पनि नियो बैंक र ओपन बैंकलाई अँगाल्नका लागि ठुलो काम गर्नुपर्ने र नीतिगत हिसाबले पनि काम गर्नुपर्ने देखिन्छ । 

यो अवधारण योग्य हुन कति समय लाग्छ थाहा छैन । डिजिटल इनोभेसनको गति यति धेरै छ कि यसको ‘भ्यालुसिटि’ निकै छिटो भएको अवस्था छ । नियो बैंकले यसलाई कसरी लिने भन्नेमा केही विषय समेट्न चाहे । खासगरी नेपालको भौगोलिक बनावट र चुनौतीहरू छन् । त्यसले गर्दा पनि नियो बैंक नेपालको पहाड र हिमाली क्षेत्र जहाँ ४७ प्रतिशत जनसंख्या छन् । त्यहाँ जान बाटोघाटो बैंकहरु नपुगेको अवस्था छ । राष्ट्र बैंकले ७५३ वटा पालिकामा एक वाणिज्य बैंक स्थापनाको नीति लिएपछि १९ वटा पालिकामा हामीले बैंक खोल्दा २ वटा पालिका यस्तो छ । जहाँ ५ घण्टा लगाएर हिँडेर जानुपर्ने अवस्था छ ।  नियो बैंक भनेको धेरै दुर्गमका जनताहरूले पनि बैंकिङ्ग सेवा लिन पाउनुपर्छ भन्ने अवधारणा हो । 

डेटा पछिल्लो समय महत्त्वपूर्ण बन्दै गएको छ । ओपन बैंकमा डेटा शेयर गरेर तेस्रो पक्षसम्म पुर्‍याउने भन्ने कुरा कतिकाे सहज छ भन्ने विषय छलफल हुन जरुरी छ । ओपन बैंकको अवधारणाभन्दा नियो बैंकमा जाने र फिनटेक कम्पनी पनि नियो बैंकमा आउने प्रचलन विश्वमा चलिरहेको छ । भौगोलिक विकटता भएको देश नेपालमा पनि बैंकहरु यहीँ दिशामा गइरहेको अवस्था छ। यसले एक क्लिकमा सम्पूर्ण बैंकिङ्ग कारोबार गर्न सकिने खालको अवधारणा सहितको बैंक नियो बैंक हो । यसले आगामी दिनमा भुक्तानीलाई मात्र नभई बैंकिङ्ग सिस्टमलाई नै एउटा बाटो दिएर अगाडी लैजान सहयोग गर्छ । 

(तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५  माछापुच्छ्रे बैंकका जनरल म्यानेजर जमरकट्टेलले तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ काे  तेस्रो सत्र ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो बैंकको नियमाकीय अवधारणामा’ मा  राखेका विषयहरूमा आधारित)