प्रभु क्यापिटलले ल्यायो प्रभु स्मार्ट फण्ड, लगानीकर्तालाई १० वर्षमा २५५% लाभांश दिने

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 

प्रभु क्यापिटलले आजदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ ।

\"\"

कस्तो हो प्रभु स्मार्ट फण्ड ? 

प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित सामुहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ । यसका लागि बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रभु क्यापिष्टलले जानकारी दिएको छ । क्यापिटलले बजारमा रहेका उत्कृष्ट स्टकहरुलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित पनि गर्दछ । 

यस प्रभु क्यापिटलले यसअघि प्रभु म्युचुअल फण्ड अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फण्ड ल्याएर सञ्चालन गरिरहेको छ । उक्त योजनामा बढिमा ३० वटा स्टकमा लगानी गर्ने भनेर उत्कृष्ट ३० वटा स्टकहरुलाई छनोट गरेको बताइएको छ । तर, प्रभु स्मार्ट फण्डलाई आफुहरुले थप सहज बाउँदै लगानीकर्तामाझ पुर्याएको क्यापिटलले बताउँछ । यस विषयमा कुरा गर्दै प्रभु क्यापिटलका डाइरेक्टर दिनेश थकाली भन्छन, ‘यसमा लगानी आवश्यकता र बजारको उतारचढावलाई मध्यनजर गर्दै स्टकहरु छनोट गर्छौं । साथै सूचिकृत कम्पनीहरुको प्रस्तुतिका आधारमा हाम्रो लगानी रणनीतिको अन्तरगत रहेर उच्चतम प्रतिफल हासिल हुने गरी लगानी रणनीतिलाई अवलम्बन गर्ने छौं ।’ 
\"\"
२३ गतेसम्म आवेदन दिन सकिने

फण्डमा २३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको जनाएको छ । बार्षिक औषतमा २५।५० प्रतिशत प्रतिफल दिने लक्ष्य राखेको जनाएको छ । फण्डमा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

\"\"