गुल्मी- गुल्मीको रेसुंगा विमानस्थलमा अबदेखि सातामा तीनपटक मात्र हवाई उडान गरिने भएको छ। नेपाल वायु सेवा निगमले बिहीबार हुँदै आएको हवाई उडान कटौती गरेको हो। नेपाल वायु निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो। अब आइतबार, मंगलबार र शनिबारमात्र उडान हुने रेसुंगा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी…