अमेरिकाले नेपाल यात्रा चेतावनीको स्तर घटायो: ‘नेपाल घुम्न आउन सुरक्षित छ, तर विपत्तिबाट सावधान रहनु’

काठमाडौं - अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि जारी गरेको यात्रा चेतावनीको स्तर घटाउँदै ‘लेभल–२’मा झारेको छ। यसअघि उच्च सतर्कता अपनाउन भनिएकोमा अब सावधानी अपनाएर यात्रा गर्न सकिने बताएको छ। अमेरिकाले २०२६ मार्च ३१ मा अद्यावधिक गरेको यात्रा सूचनामा नेपालमा सुरक्षा अवस्था अहिले स्थिर रहेको उल्लेख गरिएको छ। २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू रोकिएको भए…