काठमाडौँ – मध्यपूर्व देशहरूमा बढ्दो तनावले अन्तर्राष्ट्रिय आवागमन अवरोध हुँदा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी कतारमै अलपत्र परेका छन्। जर्मनीको बर्लिनका लागि यात्रामा रहेका जोशी अहिले कतारको दोहामै अड्किएर बसेको उनले बैंकिङ्ग समाचारलाई जानकारी दिए। उनले भने, ‘बर्लिनको कार्यक्रममा जान भ्याइएन। अब यताको उडान खुलेपछि नेपाल फर्किनेछु।’ जर्मनीको बर्लिनमा आयोजना हुने…