गण्डकी – प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा दुई लाख ५१ हजार १८८ विदेशी पर्यटक भित्रिएका छन्। सबैभन्दा बढी चैतमा ६५ हजार २४२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन्। सबैभन्दा कम साउनमा ११ हजार ८२४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। भदौमा १६ हजार २७६, असोजमा ३० हजार ५४७, कात्तिकमा…