काठमाडौं - नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ। समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रस्थित व्यापारिक केन्दमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण भइसकेकाले अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग गरे। रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा संयोजक अर्यालले विशेषगरी नेपाल हुँदै मानसरोवर यात्रामा जाने तथा रारा,…