भारतीय पर्यटकले मास्टरकार्डबाटै नेपालमा भुक्तानी गर्न सक्ने, मुम्बईमा त्रिपक्षीय सम्झौता

मुम्बई – मोको डिजिटल, मास्टरकार्ड र टुरिजम बोर्डबीच भारतको मुम्बईमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । मुम्बईमा जारी ग्लोबल फिनटेक फेस्टिभलमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित यो सम्झौता सम्पन्न भएको हो । सम्झौतासँगै भारतीय मास्टरकार्ड प्रयोगकर्ताले नेपालमा भ्रमण गर्दा छुटसहितको सुविधा पाउने भएका छन् । उनीहरुलाई नेपालमा भुक्तानी गर्दा विभिन्न अफर समेत ल्याइने सम्झौतामा उल्लेख छ…