काठमाडौं – स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा खुर्सानीटारबाट पक्राउ गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिई सञ्चालन भएको ‘स्मार्ट टेलिकम’ ले नियमानुसार अनुमति पत्र नवीकरण…