काठमाडौं – डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगका अनुसार यादवले जिल्ला कैलाली, चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जी प्रक्रियाका लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिएको उजुरी प्राप्त…