गाउँपालिकाका लेखा अधिकृत एक लाख घुससहित नियन्त्रणमा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीलाई घुस लिएको आरोपमा एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।  कार्कीले सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछिको अन्तिम भुक्तानी प्रक्रियामा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल तथा सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले…