वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने तीन जना प्रहरीको फन्दामा 

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा टोखा नगरपालिका– ८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका– २ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका– १० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका– २ घर भएका ३५ वर्षीया ईश्वरी थापा…