काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ। अख्तियारका अनुसार भण्डारीले जिल्ला काभ्रेपलान्चोकको साविक दोलालघाट गाविस–७ मा रहेका फिल्ड बुकमा दर्ता छुट भएका जग्गा हकवाला धनीको नाममा छुट दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख घुस लिइसकेको अवस्थामा …