काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौं - काठमाडौंमा सुन भनी फलामको ढिक्का देखाएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ का ६० वर्षका कर्ण ध्वज लिम्बु, धनकुटाको चौबिसे गाउँपालिका–४ का ५१ वर्षका मानबहादुर सुवेदी, र ताप्लेजुङकै ४० वर्षका विरेन भन्ने राम लिम्बु रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–६ फेदीकी…