काठमाडौं – नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा गैरकानूनी रूपमा चिकित्सा अभ्यासमा संलग्न एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौंकी चेतन ए.एम(पौडेल) रहेकी छिन्। नेपाल मेडिकल काउन्सिल बाँसबारीले गरेको अनुगमनका क्रममा काठमाडौं महानगर क्षेत्रअन्तर्गत चन्द्रागिरी नगरपालिका–८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत पौडेलले चिकित्सकको मान्यता प्राप्त उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा…