स्रोत नखुलेको १४ लाख बढी हुण्डी रकमसहित दुईजना पक्राउ

काठमाडौं – पर्साको वीरगंज महानगरपालिका–२ घुसुकपुर ईदगाह चोकबाट स्रोत नखुलेको नगद १४ लाख १३ हजारसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२ घुसुकपुर बस्ने ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई नगरपालिका–४ बगडमपुर बस्ने ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले…