चेक बाउन्स मुद्दामा फरार प्रतिवादी पक्राउ 

काठमाडौं – चेक बाउन्स सम्बन्धी मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–१ बस्ने ३३ वर्षीया सुष्मा कुमारी माझी रहेकी छिन्। माझी केही समयदेखि फरार रहेको प्रहरीले जनाएको छ। माइती घरमा लुकिछिपि बसिरहेको अवस्थामा प्रहरी चौकी झोराहाटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पश्चात् उनलाई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई…