डोल्पामा मोटर बाटो स्तरोन्नति ठेक्कामा ५५ लाख भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं – डाेल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नतिको ठेक्कामा अनियमितता गरेको अभियोगमा ठेकेदार कम्पनीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसहित ८ जना र दिव्या निर्माण सेवा प्रालि माथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा आरोप…