काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। दोस्रो संस्करण चलिरहेको समयमा अनलाइन माध्यमबाट अवैध सट्टाबाजीमा संलग्न आठ जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साई कुमार तम्मिसेट्टी र सेख चन्द बसल रहेका…