काठमाडौं - जिउ मास्ने बेच्ने अभियोगमा १३ वर्ष कैद सजाय भोगिरहेकी एक फरार कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। प्रहरीका अनुसार कारागार कार्यालय जगन्नाथदेवल (महिला बन्दीगृह), सुन्धाराबाट जेनजी आन्दोलनका क्रममा फरार भएकी कैदी सरीता सुवेदीलाई प्रहरीले पक्राउ गरी पुनः कारागारमा पेश गरेको हो। जिल्ला ओखलढुङ्गा, लिखु गाउँपालिका–९ निवासी ३९ वर्षीया सुवेदी २०७९ साल कात्तिक २३…