सशस्त्र प्रहरी निरीक्षक ढकालसहित दुई जनामाथि घुस प्रकरणमा आरोप पत्र दायर, १५ हजार बिगो दाबी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगाँवास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र जवान यामबहादुर खत्रीविरुद्ध घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ। खत्रीले सीमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी…