कास्कीबाट चोरीमा संलग्न दुई जना पक्राउ, लगातार चार स्थानमा शृङ्खलाबद्ध गरेको प्रहरीको आरोप  

काठमाडौं – कास्कीका विभिन्न स्थानमा हालसालै बढिरहेका चोरीका घटनाको सम्बन्धमा अनुसन्धान चलाउँदै आएका प्रहरी टोलीले दुई जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरूको समन्वयमा गरिएको खोजतलासपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले प्युठान स्थायी वतन भएका सुमित थापा मगर र धादिङ स्थायी वतन भएका सुजन परियारलाई  पोखराबाट पक्राउ गरेको हो।…