पत्रकारको ‘कठघरा’मा उभिएका घिसिङ !

काठमाडौं– ठिहिरिँदो चिसोेका बीच स्वाँ स्वाँ गर्दै काठमाडौं उपत्यकामा उपलब्ध पत्रकारहरू रत्नपार्कस्थित प्राधिकरणको प्रमुख कार्यालयको पाचौँ तल्लाको हलमा पुगे । प्राधिकरणको सानो हल खचाखच भरियो । कुर्सी मात्रै भरिएनन्, हलभित्रका खाली ठाउँमा पनि ठेलमठेल भयो । हातमा उद्योगीले नतिरेको बिलको फेहरिस्त बोकेर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ ‘रोस्ट्रम’मा उभिएसँगै प्रधिकरणभित्रको माहोल तात्तियो । बिहीबार दिउँसो…