काठमाडौं – ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। आज बिहानसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १०५, राइड सेयरिङमा २३८, रातोबत्तीमा १८४,…