वीरगञ्ज नाकाबाट करिब ८ अर्बको दलहन आयात

पर्सा - चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात अर्ब ९७ करोड रूपैयाँ बराबरको दलहन आयात भएको छ। यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो। गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा दुई अर्ब २४ करोड रूपैयाँ अर्थात् २२ प्रतिशतले गिरावट आएको छ।…