काठमाडौं – आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस हुनुभन्दा ठीक ३ घण्टा अगाडि मात्रै बजेट सम्बन्धित महत्त्वपूर्ण दस्ताबेजहरू पारित गरिँदै छ। आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम र आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचनालाई अन्तिम रूप दिन आज दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै छ। यी दस्तावेज प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'को अध्यक्षतामा…