डलरको दबाबमा येन

टोकियो –अमेरिकी डलरको तुलनामा जापानी येन झण्डै ४० वर्षयताकै न्यून स्तरमा झरेपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सङ्केत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले मङ्गलबार टोकियो आवश्यक परे ‘दृढ कदम’ चाल्न तयार रहेको बताएको छ। मध्यपूर्वमा जारी तनाव, अमेरिका र जापानबीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण येनमाथि लगातार दबाब बढ्दै…