काउन्टर साइक्लिकल बफर – कर्जा नबढेर चिन्तामा बैंक, लगानीयोग्य रकमको सिमा झनै बढ्ने

काठमाडौं – अतिरिक्त पूँजी कोष (काउन्टर साइक्लिकल बफर) शून्य प्रतिशतमा झरेपछि बजारमा थप तरलता बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले २०८१ साउन महिनादेखि काउन्टर साइक्लिकल बफर शून्यमा झरेपछि वाणिज्य बैंकमा लगानीयोग्य रकम बढ्ने भएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा बैंकहरुले ०.५ प्रतिशत रकम काउन्टर साइक्लिकल बफर (अतिरिक्त पूँजीकोष) का रुपमा राखेका थिए…