काठमाडौं – आजदेखि नेपालबाट बंगलादेशतर्फ ४० मेगावाट बिजुली निर्यात सुरु भएको छ । भारतीय सरकारी निकायबाट स्वीकृत आएपछि नेपालबाट भारतीय भूमि हुँदै बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु भएको हो । भारतीय भूमिको प्रयोग गर्दै बंगलादेशतर्फ नेपालको बिजुली निर्यातका लागी त्रिपक्षीय सम्झौता भएको थियो । असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच नेपालको बिजुली बंगलादेश…