काठमाडौं – त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा बन्दै गरेका र भविष्यमा बन्ने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रीडमा जोड्नका लागि सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेतको चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर लामो प्रसारण लाइन निर्माण…