काठमाडौं – सरकारलाई क्यासिनो सञ्चालन गरे बापतको रोयल्टी उठाउने बाटो खुलेको छ। सञ्चालकहरूले अदालतबाट अन्तरिम आदेश लिएर क्यासिनोको रोयल्टी नतिरी चलाइरहेकामा संवैधानिक इजलासले बुधबार अधिकांश रिट खारेज गरिदिएको हो। सर्वोच्चको यस आदेशले अब सरकारलाई बाँकी बक्यौता उठाउनका लागि बाटो खुलेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल…