काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। सुन तोलामा चार हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी पनि १५० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६७० रुपैयाँ कायम भएको छ।…