काठमाडौं – चाडपर्वको मौसममा बजारमा छुट, अफर, बोनस र उपहारको बहार हुन्छ । र, त्यही अवसरमा स्क्यामरहरू पनि सक्रिय हुन्छन् । दसैं, तिहार जस्ता चाडपर्वमा मानिसहरू सहज रूपमा अफरमा आकर्षित हुने भएकाले साइबर अपराधीहरूको लागि यो सुनौलो अवसर जस्तै बन्ने गरेको छ । प्रविधिको क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भए पनि, यसको दुरुपयोगका घटनाहरू पनि बढ्दै…