देउवाको सालोको घरमा सीआईबीले मार्यो छापा


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भुषण राणाको घरमा छापा मारेको छ । शेरबहादुर देउवाका साला तथा आरजु राणाको भाइको घरमा आइतबार सीआईबीले छापा मारेको हो । जेनजी आन्दोलनका क्रममा देउवाको बुढानिलकण्ठस्थित घरमा पैसाको थुप्रो भेटिएपछि प्रहरीले उनको नातेदार भुषण राणाको घरमा समेत छापा मारेको हो ।

अनुसन्धानकाक्रममा संकास्पद वस्तु फेला परेपछि आरजु राणाको भाइको घरमा छापा मारिएको सीआईबीले जनाएको छ । तर, प्रहरीले छापा मार्दा राणा घरमा थिएनन् । राणाको घरसहित प्रहरीले आइतबार उपत्यकाका अन्य ४५ स्थानमा समेत छापा मारेको थियो ।

देउवाको घरमा पैसाको थुप्रो भेटिएपछि सम्पत्ती सुद्धिकरण विभागले बुढानिलकण्ठ नै पुगेर मुचुल्का समेत उठाइसकेको छ ।