कारागार बाहिर छन् फरार बनेका हजारौं कैदी, जसले बढाउँदैछ सुरक्षा चूनौतीसँगै आर्थिक अपराधको जोखिम


काठमाडौं – प्रत्येक वर्ष दसैं–तिहारको समयमा देशभर आर्थिक अपराधका घटनाहरूमा उल्लेखनीय वृद्धि हुने गरेको छ । प्रहरीका अनुसार, दसैं अगाडि र पर्वको समयमा बैंकिङ्ग जालसाजी, ठगी, नक्कली नोट कारोबार, साइबर अपराध र चोरी–डकैतीजस्ता घटनाहरू अन्य महिनाभन्दा लगभग दोब्बर हुने गर्छन् ।

गत वर्षको तुलनामा यस वर्ष पनि आर्थिक तथा वित्तीय अपराधमा वृद्धि हुने सम्भावना रहेको प्रहरीले जनाएको छ। चाडपर्वको अवसरमा मानिसहरूको भौतिक र डिजिटल सम्पत्तिमा पहुँच सजिलो हुने भएकाले अपराधीहरूले सक्रिय हुने गर्छन् ।

प्रहरीले भदौँ २३/२४ गते भएको जेनजी आन्दोलनको समयमा कारागार तोडफोड र आगजनीबाट भागेका १४ हजार कैदीमध्ये अझै आधा जति फरार रहेका कैदीहरू यस वर्षको दसैंमा जोखिमको कारक बन्न सक्ने बताएको छ ।

प्रहरीका अनुसार, दसैं अगाडि र पर्वको समयमा बैंकिङ्ग जालसाजी, ठगी, नक्कली नोट कारोबार, साइबर अपराध र चोरी–डकैतीजस्ता घटनाहरू अन्य महिनाभन्दा लगभग दोब्बर हुने गर्छन् ।

यसले चाडपर्वको समयमा सुरक्षा चुनौती बढाउने प्रहरीको आकलन छ । सुरक्षा अधिकारीहरूले नागरिकहरूलाई सतर्क रहन र अनाधिकृत व्यक्तिलाई बैंकिङ्ग विवरण वा डिजिटल भुक्तानी सम्बन्धी जानकारी नदिने सचेत गराएका छन्। साथै, कुनै पनि अनौठो वा अत्यधिक आकर्षक अफर, लिङ्क वा प्रस्तावमा विश्वास नगर्न सुझाएका छन् ।

सुरक्षा अधिकारीहरूले नागरिकहरूलाई सतर्क रहन र अनाधिकृत व्यक्तिलाई बैंकिङ विवरण वा डिजिटल भुक्तानी सम्बन्धी जानकारी नदिने सचेत गराएका छन्। साथै, कुनै पनि अनौठो वा अत्यधिक आकर्षक अफर, लिङ्क वा प्रस्तावमा विश्वास नगर्न सुझाएका छन् ।

बैंकिङ्ग कसुरका साथै अन्य ठुला अपराधमा मुछिएका अपराधीहरू अहिले कारागार बाहिर रहेका छन् । यसले चोरी, ठगी र अन्य वित्तीय अपराधका घटनाहरूमा चुनौती झन् बढाउने प्रहरीको चेतावनी छ । गत वर्षहरूमा पनि विशेष गरी दसैंको समयमा ठगी र आर्थिक अपराधका घटनाहरू अत्यधिक देखिएका छन् ।

यस वर्ष मात्र पनि दुई साता अघि देशमा विषम परिस्थितिको सिर्जना भएको थियो, जसमा आधा दर्जन कैदीहरू अझै कारागार बाहिर नै छन् । प्रहरीका स्रोत र साधनहरू व्यस्त रहेका कारण हर्ष उल्लासका साथसाथै चोरी–डकैतीको भय पनि बढ्ने देखिएको छ ।

उनले भने, ‘अघिल्ला वर्षहरूको तुलनामा यसपटकको दसैं फरक छ। कारागारका कैदीहरू खुलेआम हिँडिरहेका छन्, जसले ठूला आपराधिक घटनाहरू घटाउन सक्ने सम्भावना बढाएको छ । ’प्रहरीको तथ्यांक अनुसार, नेपालमा सबैभन्दा बढी घट्ने आर्थिक अपराध बैंकिङ्ग कसुरका केसहरू रहेका छन् । काठमाडौंमा मात्रै ६ हजार ५५३ वटा बैंकिङ्ग सम्बन्धी उजुरी दर्ता भइसकेका छन् ।सुरक्षा अधिकारीहरूले नागरिकहरूलाई सतर्क रहन र अनाधिकृत व्यक्तिलाई बैंकिङ्ग वा डिजिटल भुक्तानी सम्बन्धी व्यक्तिगत विवरण नदिन सचेत गराएका छन् ।

प्रहरी प्रवक्ता घिमिरेका अनुसार काठमाडौं उपत्यकाका सबैभन्दा बढी कैदी बन्दीहरू फरार भएका छन् । मुलुकभरबाट गत आवमा बैंकिङ्ग कसुरको १३ हजार भन्दा बढी उजुरी परेका थिए । त्यसपछि, पछिल्लो समयमा सबैभन्दा बढी घट्ने आर्थिक अपराधका घटनामा चोरी, ठगीका घटनाहरू घट्ने गरेको प्रहरीको तथ्यांंकले देखाएको छ ।

त्यस्तै, दसैं जुनसुकै वर्षमा पनि बढी रकम कारोबार हुने गर्छ । कारागारबाट फारार कैदीहरूका साथै, अन्य अपराधिक क्रियाकलापमा संलग्न अपराधिकालाई दसैंको समय मौका बनेको सारोकारवाला बताउँछन् । प्रत्येक वर्षदसैंमा आर्थिक तथा वित्तीय अपराधका घटनाहरू बढ्ने गर्छन्, किनकी प्राय सबैलेदसैंमा अन्य समयमा भन्दा बढी किनमेल गर्छन् । सोही अवसारको मौकामा फेसबुक, टिकटक, इन्स्ट्राग्राम ह्वाटएप जस्ता सामाजिक सञ्जालमा सस्तो मुल्यमा समान भन्दै विज्ञापन राख्ने र सर्वसाधारणलाई शुरुमा रकम पठाउन लगाएर ब्लक गर्ने जस्ता घटनाहरूदसैंमा धेरै घट्ने गरेको प्रहरीले बताएको छ ।

यसैबीच, दसैंका अवसरमा नक्कली नोट चलाउने गिरोह सक्रिय हुने गरेका छन् । यसका लागि नोट परीक्षण विधि जनस्तरसम्म पु¥याउने र बैंक तथा वित्तीय संस्थाहरूमा सुरक्षा उपाय कडा बनाउने काम अघि बढाउनु पर्ने सारोकारवाला बताउँछन् ।

प्रहरीका अनुसार यो समयमा अनलाइन सपिङ्ग र क्युआर कोडमार्फत ठगी हुने घटना पछिल्ला वर्षका तुलनामा बढ्दै गइरहेका छन् । फेसबुक वा अन्य सामाजिक सञ्जालमार्फत आकर्षक अफर देखाएर मानिसलाई ठग्ने काम यो बेला धेरै हुने गरेको सरोकारवालाहरू बताउँछन् ।

घिमिरेका अनुसार, रातको समयमा प्रहरी र स्थानीय नागरिकहरू मिलेर संयुक्त गस्ती सञ्चालन गरिनेछ । यसका लागि प्रहरी–नागरिक समन्वय आवश्यक रहेको बताउँदै उनले प्रत्येक टोलका बासिन्दालाई सजग रहन र आपराधिक गतिविधि देखेमा तुरुन्त सूचना दिन आग्रह गरेका छन् ।

प्रहरीले प्रत्येक घटनामा तुरुन्त प्रतिक्रिया दिने, नजिकको प्रहरी बिटमार्फत सहकार्य गर्ने र आवश्यकता अनुसार जिम्मेवारी तोक्ने व्यवस्था मिलाइएको जनाएको उनी बताउँछन् । प्रहरीलेदसैंको रमाइलो उत्सवलाई सुरक्षित, व्यवस्थित र अपराधमुक्त बनाउने उद्देश्यले सर्वसाधारणको सक्रिय सहभागिता पनि अपेक्षा गरेको उनले बताए ।

मानिसहरू चाडपर्वका लागि किनमेल, ऋण–धनको कारोबार तथा अनलाइन खरीद–बिक्रीमा सक्रिय हुने भएकाले ठगहरूको प्रमुख निशाना बन्ने गरेका सारोकारवालाहरूको भनाइ रहेको छ । दसैंतिर पैसाको बढी चलाखेल हुने र मानिसहरू सजग नभएकाले अपराधीहरू सक्रिय हुने गर्छन् । बैंक खातामा नक्कली कारोबार, सामाजिक सञ्जालमार्फत हुने ठगी, र मोबाइलमार्फत पासवर्ड चोरीजस्ता घटनामा उल्लेख्य  वृद्धि भएको देखिन्छ ।

घिमिरेका अनुसार, रातको समयमा प्रहरी र स्थानीय नागरिकहरू मिलेर संयुक्त गस्ती सञ्चालन गरिनेछ । यसका लागि प्रहरी–नागरिक समन्वय आवश्यक रहेको बताउँदै उनले प्रत्येक टोलका बासिन्दालाई सजग रहन र आपराधिक गतिविधि देखेमा तुरुन्त सूचना दिन आग्रह गरेका छन् ।

यसैबीच, दसैंका अवसरमा नक्कली नोट चलाउने गिरोह सक्रिय हुने गरेका छन् । यसका लागि नोट परीक्षण विधि जनस्तरसम्म पुर्याउने र बैंक तथा वित्तीय संस्थाहरूमा सुरक्षा उपाय कडा बनाउने काम अघि बढाउनु पर्ने सारोकारवाला बताउँछन् । प्रत्येक वर्ष चाडपर्व शुरु भएसँगै चोरी डकैतीका घटनाहरूमा वृद्धि हुने गरेको छ ।

दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्रहरी बताउँछन् । जसमा लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध हुने गरेका छन् । पर्वका समयमा प्राय सर्वसाधारणहरू आफ्नो गृह जिल्लातर्फ जाने गर्छन् । सोही मौकाको फाइदा उठाउँदै अपराधिक कार्यमा संलग्न व्यक्तिहरूले अपराध गर्दै आइरहेका छन् ।

बन्द पसल तथा खाली घरमा चोरी हुनसक्ने र धार्मिक तथा किनमेल स्थलमा पाकेटमारी र स्न्याचिङ हुनसक्ने भएकाले सुरक्षा चुनौतीका कारण प्रत्येक वर्ष प्रहरीले यो समयमा बढी प्रहरी कर्मचारीहरू खटाउने गरेको छ ।

गत वर्षका चाडपर्वलाई लछित गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरले मात्रै सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न ३ हजार ७६५ जना प्रहरी परिचालन गरेको थियो । तर, यसपालि गत वर्षमा भन्दा बढी आर्थिक तथा वित्तीय अपराधका घटनाहरू घट्न सक्ने सम्भावना छ । यसले गर्दा बढी संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अवस्था छ ।