विपद्बाट क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा हुन्छः कुलमान घिसिङ

काठमाडौं - ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएको काठमाडौंबाट पश्चिमतर्फका सडक तत्कालै खोल्ने गरी तयारी भइरहेको र विपद्बाट क्षतिग्रस्त विभिन्न सडकको मर्मत कार्य तीव्र गतिमा गरिने प्रतिबद्धता जनाएका छन् । आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा घिसिङले नेपालको पूर्व क्षेत्रमा अझै पनि वर्षा हुनेक्रम जारी रहेको वर्षा कम भएपछि मात्रै सडक…