काठमाडौं – शुक्रबार रातिदेखि परेको लगातारको वर्षापछि देशका विभिन्न स्थानमा मनसुनजन्य विपद् आउँदा हालसम्म २२ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताएका छन् । इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ भने रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गएको हो। यस्तै, उदयपुरमा खोलामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको उनी बताउँछन् ।
पहिरोमा परेर मात्र नै १८ जना बेपताको मृत्यु, ६ जनाको उदार भएको छ । उदपुरमा १ जनाको मृत्यु २१ जनाको उदार गरिएको उनी बताउँछन् । साथै, रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । गोसाइँकुण्डमा पनि ४ जना बेपता रहेका छन् ।
बेपता हुनेहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको उनले बताए । त्यस्तै, डुबानमा फसेका, पहिरो फसेकाहरूलाई उदार गर्ने कार्य धमाधम भइरहेको उनी बताउँछन् । पछिल्लो समयमा पूर्वमा बाढी पहिरोको जोखिम उच्च रहेपनि पश्चिम क्षेत्रहरूको अवस्था सामान्य भैसकेको प्रवक्ता घिमिरेले बैंकिङ्ग समाचारसँगको कुराकानीमा बताए। उनका अनुसार पूर्वीय नेपालका क्षेत्रहरूको अवस्था अझै पनि गम्भीर नै रहेको छ ।



About Us
प्रतिक्रिया