ब्याजदर न्यून बिन्दुमा आउँदा खुम्चियो बैंकहरुको आम्दानी

काठमाडौं – बैंकमा लगानीयोग्य रकम थुप्रिँदै जाँदा घट्दो स्थितिमा रहेको ब्याजदर ३ वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ । लगानीयोग्य रकम बैंकहरुमा थुप्रिँदा र कर्जा लगानी नबढ्दा ब्याजदर न्यून बिन्दुमा आइपुगेको हो । यससँगै, बैंकहरुको आम्दानीको मुख्य स्रोत नै प्रभावित बनेको छ । बैंकहरुको ब्याजदर कोरोना महामारीयता अर्थतन्त्रमा विविध प्रकारका समस्या आउँदा बढेर १४ प्रतिशतसम्म पुगेको थियो…