काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को उद्घाटन सत्रमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शमा अध्यक्ष कोइराला सहभागी हुने भएका हुन् । भोजपुरको भोजपुर नगरपालिकामा जन्मे हुर्केका कोइरालाले झापाको चन्द्रगढी–६ स्थित वीरेन्द्र माविबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरेका…