गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा झनै रोचक बन्दै गइरहेको छ । दुई तिहाइसहितको नेपाली काँग्रेस र नेकपा एमालेको साझेदारीमा चलिरहेको सरकारले चैत २४ अघि नै नियुक्ति गरिसक्नुपर्ने गभर्नर डेढ महिना बितिसक्दा समेत गर्न सकेको छैन । ३ सदस्यीय गभर्नर सिफारिस समितिको लफडादेखि गभर्नरका आकाङ्क्षीहरूको राजीनामा अस्वीकृतसम्मका घटना यसबीचमा घटेका छन् । गभर्नर नियुक्ति प्रक्रियामा सिधै…