धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त भएका छन् । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै महासंघका उपाध्यक्ष ढकाल सञ्चालकमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक ढकाललाई धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शपथ ग्रहण गराएका छन्। बोर्डमा निजी क्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति बोर्ड सञ्चालकमा नियुक्त हुने व्यवस्था छ…