नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १२ अर्ब बढी

‘बैंकिङ्ग उपसूचकमा हरियाली’


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.५१ अकंल बढेर परिसुचक २८ सय १२ दशमलव ३४ को बिन्दुमा कायम भएको छ। आज ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ कम्पनीको शेयर मूल्य घटेसँगै १७ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा बढी रिदि पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, आखुँखोला जलविद्युत ५१ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेशनल हाइड्रोपावरको ४८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

आज सोलु हाइड्रोपावर, र रिलायन्स स्पिनिङ मिल्स्का लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सालपा विकास बैंक र होटल फरेष्ट इनका लगानीकर्ता ९.९९ प्रतिशतका दरले कमाएका छन्।

त्यसैगरी, आज एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.७४ प्रतिशतका दरले गुमाएका हुन्। बजारमा आज वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरीङ र म्युचुअल फण्ड उप–सूचकहरुमा हरियाली छाएको छ।

Skip This