सालपा विकास बैंकसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्यले कति कमाए ?


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०७ अकंले घट्दा समेत ४ कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेर बन्द भएको छ। आज नेप्से दोहोरो अंकले घट्दा सालपा विकास बैंक, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स् र उपर हेवाखोलाको शेयर भने सकारात्मक सर्किट लागेको हो। आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, होटल फरेष्ट इनका लगानीकर्ताले समेत ९.९३ प्रतिशतका दरले कमाएका छन्। यससँगै आज सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ४.३९ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता ४.१८ प्रतिशतका दरले गुमाएका छन्।

Skip This