नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब २६ करोड बढी

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.२१ अंकले बढेर बजार २७ सय ७७ दशमलव ५८ को बिन्दुमा बन्द भएको छ। आज कारोबारमा आएको ३४६ कम्पनीको ५ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड १३ लाख कित्ता शेयर किनबेच भएको छ।…