प्रि ओपन सेसनमा ०.२९ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२९ अंकले बढेर बन्द भएको छ। यस सेसनमा २ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा ४८ हजार २८८ कित्ता शेयर किनबेच भएको छ।

यससँगै, कारोबारमा आएका ९६ कम्पनीमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।