बजेटलाई शेयर बजारको रातो झण्डा, नेप्से २६ अंकले घट्दा ५ अर्बको कारोबार

११ उपसूचक राताम्य


काठमाडौं – आर्थिक वर्ष २०८३/०८४ को बजेट घोषणापछिको पहिलो शेयर कारोबारमै शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुरुवाती कारोबार देखिनै घटेको बजार कारोबार बन्द हुँदासम्म समग्र २६.२७ अंकले घटेको छ। यससँगै बजार २७ सय ५५ दशमलव ३७ को विन्दुमा कायम भएको छ।

आज कारोबारमा आएका ३४९ कम्पनीको ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४३ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३७ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै भुजुङ हाइड्रोका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.२० प्रतिशतका दरले गुमाएका हुन्।